विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको तर्फ बाट दायर गरेको बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) रिटमाथि आज मंगलवार सुनुवाइ हुँदैछ।

रिटमाथि टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो।

पौडेलले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै रिहाइको मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। आजको सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गर्ने वा मुद्दालाई नियमित प्रक्रियाअनुसार अगाडि बढाउने विषयमा निर्णय गर्न सक्नेछ।