काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सच्याउँदै संशोधित निर्वाचित सदस्यहरूको सूची सार्वजनिक गरेको छ।
पार्टीले सार्वजनिक गरेको संशोधित सूचीअनुसार यसअघि निर्वाचित घोषित गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ। उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको छ।
रास्वपाले मतपरिणामको पुनः परीक्षणका क्रममा गणनासम्बन्धी त्रुटि भेटिएपछि सूची सच्याइएको जनाएको छ। पार्टीका अनुसार प्राविधिक त्रुटिका कारण प्रारम्भिक सूचीमा केही नाम समावेश हुन पुगेकाले पुनः परीक्षणपछि संशोधित नतिजा सार्वजनिक गरिएको हो।
संशोधित सूचीसँगै ध्रुवकुमार थापामगर र पूजा बास्तोला रास्वपाको निर्वाचित केन्द्रीय सदस्यका रूपमा रहनेछन् भने कृष्णमान श्रेष्ठ र सोम शर्मा सूचीबाट बाहिरिएका छन्।

















प्रतिक्रिया