देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे ऋषि धमला


काठमाडौं । देवानगञ्ज घटनामा घाइते भई उपचाररत सात जनाको स्वास्थ्य अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला आइतबार बिहान अस्पताल पुगेका छन्।

अस्पतालमा पुगेर धमलाले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका साथै उनीहरू र उनका परिवारजनसँग भेटघाट गरेका छन्।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

देवानगञ्ज घटनामा घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ भने घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान जारी राखेको जनाएको छ।