काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति करिब ९:१५ बजे विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ।
प्रहरीका अनुसार काठको गोदामबाट सुरु भएको आगो छिनभरमै फैलिँदा काष्ठ मिल, फर्निचर, कस्मेटिक, मोबाइल तथा किराना पसलसहित १४ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएको थियो। घटनाबाट ठूलो परिमाणमा धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको विस्तृत क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।



















प्रतिक्रिया