फिफा प्रतिबन्धले नेपाली फुटबल संकटमा, खेलकुदमा सुशासन र कानुन सुधारको माग


काठमाडौं । फिफाले नेपालमाथि लगाएको प्रतिबन्धका कारण नेपाली फुटबल गम्भीर संकटमा परेको भन्दै प्रतिनिधिसभामा आवाज उठाइएको छ। सांसद खुश्बु ओलीले नेपाली फुटबलको वर्तमान अवस्था र खेलाडीको भविष्यप्रति सरकारको ध्यानाकर्षण गराउँदै खेलकुद क्षेत्रमा सुशासन कायम गर्नुपर्ने माग गरेकी छन्।

उनले फुटबल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउँदै खेलकुदसम्बन्धी कानुन र संरचनामा आवश्यक सुधार गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन्।

सांसद ओलीले फिफा प्रतिबन्धका कारण खेलाडी, प्रशिक्षक तथा समग्र नेपाली फुटबलमा परेको असरलाई दीर्घकालीन रूपमा समाधान गर्न पारदर्शी, जवाफदेही र प्रभावकारी खेलकुद प्रशासन आवश्यक रहेको बताएकी छन्।