फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक गृहजिल्ला पुगे


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्।

शनिबार काठमाडौंबाट हवाईमार्ग हुँदै झापा पुगेका ओली भद्रपुर विमानस्थलमा ओर्लिँदा स्थानीय एमाले नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

ओली ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत झापामा आयोजना हुने कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका हुन्। उनी सहभागी हुने मुख्य कार्यक्रम आइतबार हुने बताइएको छ।