काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र रसुवामा बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।
बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसद तथा नेताहरू सहभागी छन्। बैठकमा रसुवा बाढीको क्षति, विपद् व्यवस्थापन, सरकारका पछिल्ला कामकारबाही तथा संसद्मा विपक्षी दलहरूको आगामी रणनीतिबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।
विपक्षी दलहरूबीच समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको कांग्रेसले जनाएको छ।




















प्रतिक्रिया