काठमाडौँ । सरकारका कामकारबाहीप्रति रास्वपाकै नेता तथा सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्र हलचल बढेको छ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आन्तरिक विषय बाहिरिन थालेपछि रास्वपाले त्यस्ता गतिविधिमा संलग्नलाई सचेत गराउनेदेखि स्पष्टीकरण सोध्नेसम्मको कारबाही गर्ने जनाएको छ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सरकार वा पार्टीप्रति गुनासा भए पार्टीभित्रै राख्न सकिने भन्दै मिडिया र सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्नु उचित नभएको बताए।
यसैबीच, गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति, जेनजी आन्दोलनको स्मृति कार्यक्रममा विवादित व्यक्तिको सहभागिता तथा सरकारको डोजर अभियानलगायत विषयमा रास्वपाका नेता तथा सांसदहरूले प्रश्न उठाएका छन्।
पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापन गर्न सभापति रवि लामिछानेले प्रशिक्षण तथा छलफललाई तीव्र बनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति लामिछानेबीच समन्वय गर्दै नेता तथा सांसदका गुनासा, सुझाव र समस्या सम्बन्धित निकायमार्फत समाधान गर्ने संयन्त्रसमेत बनाइएको रास्वपाले जनाएको छ।




















प्रतिक्रिया