बालेन सरकारलाई अमरेश सिंहले दिए ‘तासको पत्ता’को उपमा


काठमाडौं । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिँदै चर्को आलोचना गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले मधेसीमाथि सुरुदेखि नै प्रहार भइरहेको आरोप लगाए। राजविराजमा अस्पतालबाहिरै सुत्केरी हुन बाध्य बविता पासवानको घटनाले आफू भावुक भएको उल्लेख गर्दै उनले मधेसीलाई हेपिए सरकार टिक्न नसक्ने चेतावनी दिए।

रसुवा बाढीपछिको उद्धारमा ढिलाइ, किसानले मल नपाएको तथा शिक्षा, स्वास्थ्य, न्यायालय र कर्मचारीतन्त्रको अवस्थाप्रति समेत असन्तुष्टि जनाउँदै सिंहले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारका कारण सरकार असफलतातर्फ गएको आरोप लगाए।