बालेन सरकारको शासनशैलीमाथि अमरेश सिंहको गम्भीर प्रश्न


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयले सरकारलाई संसदीय विधिभन्दा बाहिर गएर हुकुमी शैलीमा सञ्चालन गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै सिंहले सरकारको केन्द्र सिंहदरबार नभई प्रधानमन्त्रीको सचिवालय बनेको भन्दै कर्मचारीतन्त्रमा समेत हस्तक्षेप भइरहेको दाबी गरे। उनले यस्तो शासन कुन संविधान र कानुनको आधारमा चलिरहेको हो भन्दै प्रश्न गरे।

मन्त्रीहरूलाई समेत सचिवालयबाट दबाब र हस्तक्षेप हुने गरेको दाबी गर्दै सिंहले सरकारलाई सल्लाहकारतन्त्रबाट मुक्त भएर विधि र प्रक्रियाअनुसार चल्न चेतावनी दिए।