काठमाडौं । कानूनमन्त्री सोविता गौतमले आफ्नो अभिव्यक्तिबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताएकी छन्।
जेनजी स्मृति दिवसका अवसरमा दिएको अभिव्यक्तिबारे राष्ट्रिय सभाको बैठकमा स्पष्टीकरण दिँदै उनले राष्ट्रिय सभाले सरकारलाई असहयोग गरेको भन्ने कुनै शब्द आफूले प्रयोग नगरेको दाबी गरिन्।
आफ्नो भनाइलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फरक ढंगले व्याख्या गरी समाचार तथा हेडलाइन बनाइएको उनको भनाइ छ। आगामी दिनमा सरकार र राष्ट्रिय सभाबीच सहकार्य गरेर कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।




















प्रतिक्रिया