काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गरेको छ।
पार्टीले दिएको जानकारीअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार समिति गठन गरिएको रास्वपाले जनाएको छ।
समितिमा संयोजक आचार्यसहित गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमीम मिकरानी, करिश्मा कँडरिया र प्रमोद न्यौपाने सदस्य रहेका छन्।
समितिले जनप्रतिनिधिलाई जनताले आवश्यक परे फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्नेछ। पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।





















प्रतिक्रिया