काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि (बुधबार) बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । पछिल्लो राजनीतिक परिस्थितिका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा समेत बैठकमा छलफल हुने प्रवक्ता खरेलले बताए ।
रास्वपाले यसअघि पनि विभिन्न राजनीतिक दलसँग छलफल गर्दै आएको थियो । सोही क्रममा लामिछानेले फेरि सर्वदलीय छलफल बोलाएका हुन् ।
बैठकमा सहभागी दलका प्रतिनिधिहरूबीच विपद्का समयमा सरकार तथा राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिका र समन्वयका विषयमा समेत छलफल हुने बताइएको छ ।


















प्रतिक्रिया