काठमाडौँ । नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीचको विवादकाबीच देउवानिकट प्रभावशाली नेताहरू सानेपा पुगेर पार्टीको नियमित अधिवेशन प्रक्रियामा सहभागी हुने भएका छन् ।
डिना उपाध्याय, किशोरसिंह राठोर, श्याम घिमिरे, रामहरि खतिवडालगायतका नेताहरू सानेपा पुगेका हुन् । नेता मीनबहादुर विश्वकर्माका अनुसार देउवा तथा पूर्णबहादुर खड्कानिकट ५० भन्दा बढी नेता पार्टीको संस्थापन पक्षमा सहभागी भएका छन् ।
विश्वकर्माले आफूहरूले देउवालाई धोका दिएको नभई कांग्रेसलाई एकताबद्ध र आधिकारिक पार्टीका रूपमा बलियो बनाउन सानेपा आएको बताएका छन् । रामहरि खतिवडाले पनि पार्टी फुटाउने नभई एकताका लागि आफूहरू अघि बढेको बताएका छन् ।
यसैबीच सभापति थापाले पूर्वसभापति देउवालाई असोज १६ गते हुने महाधिवेशन उद्घाटन गर्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । देउवा पक्षका नेता शंकर भण्डारीले भने केही नेताहरू सानेपा पुग्दैमा आफूहरूले अघि सारेको महाधिवेशन कार्यतालिका प्रभावित नहुने बताएका छन् ।


















प्रतिक्रिया