वीरगन्ज । बारामा चक्कु प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका आयुष राई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजे सिमरास्थित सम्झना स्टाफ होटलमा राईले खड्कामाथि चक्कु प्रहार गरेका थिए । घाइते खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईलाई घटनापछि धानबारीमा लुकेको अवस्थामा शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



















प्रतिक्रिया