एमाले सचिवालय बैठक सुरु


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

आइतबार सुरु भएको बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले तयार पारेको साझा प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

यसअघि आइतबार नै बसेको कार्यदलको बैठकले रामबहादुर थापा, शंकर पोखरेल र प्रदीप ज्ञवालीले प्रस्तुत गरेका तीन छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एउटै साझा प्रतिवेदन तयार गरी सचिवालयमा पठाउने निर्णय गरेको थियो ।

कार्यदलबाट प्राप्त प्रतिवेदनमाथि सचिवालयमा आवश्यक छलफल गरी आगामी कदमबारे निर्णय लिने तयारी एमालेले गरेको छ ।