काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ ।
ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् ।
प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्याइएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा सदस्यहरूले आफ्ना धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ ।
बैठकले केन्द्रीय कमिटीमा सदस्य मनोनयनसँगै विभिन्न विभाग, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने कार्यसूचीसमेत अघि बढाउनेछ ।
एमाले नेताहरूका अनुसार मंगलबारको बैठकबाट पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ ।



















प्रतिक्रिया