शून्य र आकस्मिक समयमा सांसदका सवाल : कसले के भने ?


काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको शून्य र आकस्मिक समयमा बोल्न विभिन्न सांसदहरूले आफ्नो नाम दर्ता गराएका छन् ।

सभामुख डोलप्रसाद अर्यालको सचिवालयले सार्वजनिक गरेको ‘समूह २’ को सूचीअनुसार आकस्मिक समयमा युवराज दुलाल, क्रान्तिशिखा धिताल, आशिका तामाङ, सोम शर्मा, बलावती शर्मा, रमेशकुमार मल्ल, आशिष गजुरेल, कुलभक्त शाक्य र आरेल राईले बोल्न नाम टिपाएका छन् ।

त्यस्तै, शून्य समयमा जगतप्रसाद जोशी, टीका संग्रौला, टुकमद्र हमाल, ताहिर अली भाट, तोसिमा कार्की, तौफिक अहमद खान, दीपकराज वोहरा, धनेन्द्र कार्की, नरेन्द्र साह कलवार, नितिमा भण्डारी (कार्की), निराशा चौधरी डगौरा, निशा डाँगी, पुष्पा कुमारी चौधरी, प्रकाश गौतम, प्रदीप बिष्ट, प्रशान्त उप्रेती र बदनकुमार भण्डारीलगायत सांसदले नाम दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको नियमअनुसार शून्य समयमा सांसदहरूले जनसरोकारका विषय, समसामयिक घटनाक्रम तथा आफ्ना निर्वाचन क्षेत्रका समस्या संसद्मा उठाउने गर्छन् । आकस्मिक समयमा भने तत्काल ध्यान दिनुपर्ने विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउने गर्छन् ।