समस्याग्रस्त ४ सहकारीका १०५ बचतकर्ताले पाए रकम, ऋण असुलीबाट फिर्ता प्रक्रिया तीव्र


काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारी संस्थाका १०५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरिएन्टल को–अपरेटिभका २, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई नै फिर्ता गर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।