म्याग्दी । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको बेनी–दरबाङ सडक खुलाउन मर्मत तथा पहिरो पन्छाउने काम तीव्र पारिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रका तीन स्थानीय तहबाट सदरमुकाम बेनीतर्फ आवतजावत गर्ने यातायात सेवा प्रभावित भएको थियो ।
सडक अवरुद्ध भएपछि सर्वसाधारण तथा सवारीसाधनलाई समस्या परेकाले पूर्वाधार विकास कार्यालय, म्याग्दीले आइतबारदेखि नै मर्मत तथा पहिरो पन्छाउने काम सुरु गरेको हो ।
सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ । सडक खुलाउने काम भइरहेको र सकेसम्म छिटो यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।



















प्रतिक्रिया