रामेछापमा ब्रेकले धोका दिँदा सुमो दुर्घटना


सिन्धुली । फर्पुबाट मन्थलीतर्फ आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका–छतिउने लहर्नीमा दुर्घटना भएको छ ।

आज बिहान ब्रेक फेल भएपछि ६६२३ नम्बरको सुमो सडकबाट अनियन्त्रित भई खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल राउतका अनुसार सुमोमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा उनीहरू दुवै सकुशल रहेका छन् ।

घटनाबारे थप विवरण तथा दुर्घटनाको अवस्थाबारे प्रहरीले आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ ।