कांग्रेस महाधिवेशन : एक घण्टापछि पुनः सुरु भयो बन्दसत्र


काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित खुलामञ्चमा जारी बन्दसत्र करिब एक घण्टाको विश्रामपछि पुनः सुरु भएको छ।

सोमबार जारी बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्। यसअघि सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

सभापति थापाले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको आन्तरिक संगठन र सार्वजनिक जीवनमा सुधार ल्याउने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषय समेटिएको छ। प्रतिवेदनमा राजनीतिक मर्यादाका १७ वटा स्पष्ट क्षेत्र निर्धारण गरिएको छ।

कांग्रेसले विगतका गलत राजनीतिक अभ्यास त्याग्दै पार्टीलाई नागरिकप्रति जवाफदेही, पारदर्शी तथा लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध बनाउने उद्देश्यसहित नयाँ राजनीतिक मर्यादा अघि सारेको जनाएको छ।