काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आइतबारको वृद्धिसँगै सुनको मूल्य फेरि २ लाख ९६ हजार ५०० रुपैयाँमा पुगेको छ भने चाँदीको मूल्य पनि उकालो लागेको छ ।

















प्रतिक्रिया