शनिबारदेखि नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म दस्तुर


काठमाडौं – नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गते (शनिबार) देखि अनिवार्य रूपमा टोल शुल्क सङ्कलन गरिने भएको छ।

आयोजनाका अनुसार सवारीसाधनको वर्गअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क तोकिएको छ। टोल शुल्क एनट्याग (RFID), क्यूआर कोड वा नगदबाट भुक्तानी गर्न सकिनेछ।

एनट्याग लिन सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक), सवारीधनीको परिचयपत्र र सक्रिय मोबाइल नम्बर आवश्यक पर्नेछ।