बाजुरा । बाजुरास्थित बडिमालिका मन्दिर दर्शन गरी फर्कने क्रममा बाटो बिराएका युवालाई नेपाली सेनाले हवाई साधनमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार उद्धार गरिएका युवालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ। उनीहरू बडिमालिका मन्दिर दर्शन गरेर फर्किने क्रममा बाटो बिराएपछि उद्धारका लागि पहल गरिएको थियो।

उद्धार अभियानमा नेपाली सेनाको हवाई साधन प्रयोग गरिएको थियो। उद्धार गरिएका युवाको संख्या, पहिचान तथा स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।



















प्रतिक्रिया