काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले प्रोटोन कार जितेका छन् । एउटा क्यान खरिद गर्दा प्राप्त हुने अवसरमार्फत उनले बम्पर पुरस्कार जितेका हुन् ।
यस अभियानअन्तर्गत हालसम्म देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । जसमध्ये १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरेका छन् ।
मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् ।
त्यस्तै, बुटवलका रिदम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।
त्यसैगरी, स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् ।
यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।
कम्पनीले यस अभियानअन्तर्गत १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जनाले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । अब आठवटा मोटरसाइकल तथा स्कुटर पुरस्कारका रूपमा बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । अझै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

















प्रतिक्रिया