काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उनको रिटको सुनुवाइ हुने भएको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
यसअघि गत असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
सर्वोच्चले भट्टविरुद्ध विचाराधीन अन्य मुद्दासमेत अवलोकनका लागि साथै राखेर पेस गर्न आदेश दिएको थियो।

















प्रतिक्रिया