मकवानपुर । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दायाँ टनेल छिचोलिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।
यसअघि सोही सुरुङको ३.४८६ किलोमिटर लामो बायाँ टनेल गत भदौमा छिचोलिएको थियो। दुवै टनेलको ब्रेक थ्रुसँगै फास्ट ट्र्याक निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।
करिब ७१ किलोमिटर लामो फास्ट ट्र्याकको निर्माण २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

















प्रतिक्रिया