काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने भएको हो।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको हालै टीकाटालोसमेत भइसकेको छ। निकटस्थहरूलाई सम्बन्धबारे जानकारी भए पनि उनीहरूले सार्वजनिक गरेका थिएनन्।
विवाहका लागि मुकुलले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी गरेका छन्। मुकुलले पनि विवाह हुन लागेको पुष्टि गरेका छन्।

















प्रतिक्रिया