काठमाडौं । नेकपा एमालेले पूर्वनिर्धारित कार्यसूची संशोधन गर्दै आजै केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि मंसिर ५ गतेका लागि तय गरिएको बैठक राष्ट्रिय भेला समापनलगत्तै बस्न लागेको हो।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी राष्ट्रिय भेला अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यपछि समापन भएको छ। भेला दिउँसो २ बजे समापन भए पनि खानाका कारण बैठक सुरु हुने समय केही ढिलो भएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।
दिउँसो ३ बजेका लागि तय गरिएको बैठक ४ बजेसम्म सुरु हुन सक्ने उनको भनाइ छ। बैठक राष्ट्रिय भेला आयोजना भएकै स्थानमा बस्नेछ।
बैठकमा हालै जेलमुक्त भएका पार्टीका पूर्वसचिव टोपबहादुर रायमाझीको जिम्मेवारी र बाँकी रहेका केही नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने एमालेले जनाएको छ।

















प्रतिक्रिया