पूर्वमुख्यसचिव एकनारायण अर्याल देशबाहिर, पक्राउ पुर्जी जारी


काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी र रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल देशबाहिर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गर्न खोज्दा देश छाडेको सूचना पाएको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अर्यालको खोजी भइरहेको छ।

उक्त प्रकरणमा प्रहरीले बुधबार तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसीसहित ६ जनालाई पक्राउ गरेको थियो। अर्याल त्यतिबेला श्रम सचिव थिए। प्रहरीले रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पनि पक्राउ गरेको छ।