तीन महाशक्ति राष्ट्रका नेताहरूको त्रिपक्षीय बैठक डेढ घण्टामै सकियो


शेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच झण्डै डेढ घण्टा लामो त्रिपक्षीय वार्ता भएको छ। बैठकमा आणविक निःशस्त्रीकरण, रुस–युक्रेन युद्ध र विश्व शान्तिका विषयमा छलफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ राष्ट्रपति सीले तीन देशबीच आपसी सम्मान, सहकार्य र निरन्तर संवाद आवश्यक रहेको बताए। ट्रम्पले प्रत्यक्ष संवादबाट सकारात्मक परिणाम निकाल्न सकिने धारणा राख्दा पुटिनले विश्व शान्ति र सुरक्षाका लागि तीनै देशको साझा जिम्मेवारी रहेको उल्लेख गरे।