चिनियाँ राजदूतले भेटे अर्थमन्त्री वाग्ले, द्विपक्षीय विषयमा छलफल


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, बन्दरगाह सहकार्य तथा पूर्वाधार विकासका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चिनियाँ राजदूत झाङले सीमा पार कनेक्टिभिटी विस्तार र दुई देशबीचको समन्वय सुदृढ बनाउन चीनले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

भेटमा नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र विपद् व्यवस्थापनमा चिनियाँ सहयोगका सम्भावित क्षेत्रबारे पनि छलफल भएको थियो ।