काठमाडौँ । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मंसिरदेखि बेल्चा चलाउने श्रमिकको दैनिक ज्याला १ हजार ७०० रुपैयाँ पुग्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गरेको जानकारी दिए ।
उनले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक निर्माणमा बढी बजेट विनियोजन गरिएको बताए ।
यसैबीच, मन्त्री लम्सालले धनुषामा निर्माणाधीन बससी, कटरेत, जालाद र मिथिला सागर पुलको निरीक्षण गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

















प्रतिक्रिया