सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको स्कार्पियोसमेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब ११ः३० बजे संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोबाट उक्त परिमाणको पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजय कुमार साह रहेका छन्। प्रहरीले चालक साह र स्कार्पियोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

















प्रतिक्रिया