बालेन र जयशंकरबीच क्रिकेट सहकार्यबारे छलफल


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नेपाल–भारत क्रिकेट टोलीबीच नियमित खेल आयोजना गर्ने विषयमा छलफल भएको छ ।

आइतबार साँझ नयाँ दिल्लीमा भएको भेटवार्तामा नेपाली पक्षले भारतीय टोलीलाई नेपाल र नेपाली टोलीलाई भारतमा खेल्ने अवसर मिलाउन प्रस्ताव गरेको थियो ।

नेपाली खेलाडीले भारतीय टोलीबाट सिक्ने अवसर पाउने भन्दै गरिएको प्रस्तावमा जयशंकरले सकारात्मक चासो देखाएका थिए । प्रधानमन्त्री शाहले सहमति भए प्रक्रिया अघि बढाउन सहज हुने बताएका थिए ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत दुवै देशका उच्च अधिकारी सहभागी थिए ।