अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं - अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संविधान दिवसको शुभकामना दिएका हुन् । ‘अमेरिका नेपाली जनताका संविधानअनुसार कार्य गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षालाई समर्थन गर्दछ, जुन आगामी महिनाहरूमा हुने निर्वाचनका तयारीमा लोकतान्त्रिक समाधान प्राप्त गर्न अपरिहार्य हुनेछ। अमेरिका हालैका प्रदर्शनहरूमा भएको जीवनको क्षतिप्रति शोकाकुल नेपाली जनताको साथमा छ…