Logo

अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीले लागुऔषध सेवन नगरेको पुष्टि

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन नगरेको पुष्टि भएको हो। साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थिए। विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको श्रोतले जनाएको हो। मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य परीक्षण गराएकी थिइन्। उनले

झुनझुनवालाको निधनपछि मोदीले लेखे दुखद स्टाटस

भारतको चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षीय झुनझुनवालाको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आज बिहान निधन भएको हो । सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । भारतको वारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाको आकाश एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको

हलिउड अभिनेत्री हेचेको कार दुर्घटनामा मिर्त्यु

हलिउड अभिनेत्री एनी हेचेलाई क्यालिफोर्नियाको एक अस्पतालले कानूनीरुपमा मृत घोषणा गरेको छ । तर, अंगदानको निधो नभएसम्म भेन्टिलेटरमै राखिने भएको हो । आगामी मंगलबारसम्म उनलाई भेन्टिलेटरबाट निकालेर उनका अंगलाई दान दिने तयारीमा परिवार छ । ‘आज हामीले एक उज्वल प्रकाश, एक दयालु र सबैभन्दा आनन्दित आमा, मायालु आमा र एक

विष्फोटमा परि तालिबानी नेताको मृत्यु

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा

सभामुख र चिनियाँ राजदूतको भेट: नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने

सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताए । चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको थियो। भेटमा सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताए।

नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना लाने

जापानी भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो । बुधबार मन्त्रालयले विज्ञप्ति

दुखद खबर : अष्ट्रेलियामा ३ जानालाई गोलि हानेर मारियो

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ९ः०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चारमाध्यमलाई भने,

सेनाको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेफ्टिनेन्ट जेनरल सर्फाज अलि पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फेमेनिनाको उपाधि ब्राजिलले जितेको छ । आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक च्याम्पियन बनेको छ। घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा

इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे

इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् । ९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने