सहकारीको २ अर्ब ठगी गरेर १६ महिनादेखि फरार छन् ढोरपाटनका मेयर नेपाली

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन्। उनीमाथि कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ। सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए। प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी…