११ महिनामा १० लाख बढी पर्यटकले घुमे नेपाल, अक्टोबरमा भ्रमण गर्न रुचाउने धेरै

काठमाडौं– पछिल्लो एघार महिनामा १० लाख बढी पर्यटकले नेपाल घुमेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह थपेको छ । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय…