काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकपमा इटलीलाई एक सय २४ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा अल आउट हुँदा मात्र १२३ रन बनाउन सक्यो । इटलीका बलरसामु नेपाली खेलाडीले ठूलो स्कोर र साझेदारी बनाउनै सकेनन् । नेपालले एक समय १० रन जोड्दा पाँच विकेट गुमाएको…