टी–२० विश्वकपमा नेपाल ‘ग्रुप अफ डेथ’ मा

काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ अर्थात् ‘ग्रुप अफ डेथ’ मा परेको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालको समूहमा परेका इटालीबाहेक सबै टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । सोही कारण नेपालको अघिल्लो चरणको यात्रा कठिन बन्ने अनुमान गरिएको…