काठमाडौं– आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विदेशी खेलाडी भित्र्याउने चटारोमा रहेका फ्रेन्चाइज टिमले धमाधमी विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनले अनुबन्ध गरेको छ । २५ वर्षीय ब्रान्डनले टी–२० आईका १६ खेलमा ४९७ रन बनाएका छन्…