आज अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै, अमेरिकासँग नेपालले आइतबार खेल्ने

काठमाडौं– आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्तको सातौँ श्रृङ्खला आजदेखि सुरु हुँदैछ। श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अुनसार राति ९ः१५ बजेबाट सुरु हुनेछ। एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।…