श्रीलंकालाई ८ रनले हराउँदै अफ्गानस्थान एसियाडको सेमिफाइनलमा प्रवेश

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा पराजित भएसँगै उपाधि दावेदार मानिएको श्रीलंकाको एसियाड यात्रा समाप्त भएको छ । आज भएको क्वाटरफाइनलको खेलमा अफ्गानस्थानसँग ८ रनले पराजित भएसँगै श्रीलंकाको एसियाड यात्रा सकिएको हो । आज भएको खेलमा टस हारेपछि पहिला ब्याटिङ गरेको अफ्गानस्थानले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ११६ रन…