मंगलबार राति एउटा सनसनी समाचारले फुटबल जगतलाई हल्लाइदियो । स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि विश्वभर रहेका उनका समर्थक स्तब्ध बने । बार्सिलोनाका पर्यायका रुपमा हेरिन्छन् मेस्सी । मेस्सी बिनाको बार्सिलोनाको कल्पना पनि गर्न सक्दैनन् फ्यानहरु । अहिले उनीहरुबीच विभिन्न प्रश्नोत्तर र अड्कलवाजीहरु भइरहेका छन् । किन…