‘श्रीमानले विदेशमा कमाएको किन बचेन भनेर बल्ल बुझेँ’

  अहिले म ३४ वर्षकी भएँ । यतिका वर्षसम्म पनि केही गर्न सकिएन भनेर खुब पीर लाग्थ्यो पहिले त । तर हिजोआज मलाई अब चाहिँ केही गर्न सक्छु भन्ने आँट आएको छ । मेरो श्रीमान् युएई र कतारमा तीन पटक आवतजावत गरिसक्नुभयो । दुई देश घुमेर आउँदा पनि कमाइ चाहिँ हात लाग्यो शुन्य नै भयो…