काठमाडौं - निर्माता रोहित अधिकारीले ‘माइतीघर’ चलचित्रको प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्। उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ‘माइतीघर’ बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन्। फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०÷२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको उनले बताएका छन् । अधिकारीले सोमबार नै सामाजिक…