‘बलिदान’को ट्रेलर सार्वजनिक, समीर भट्टको दमदार अवतार

काठमाडौं – लामो समयदेखि प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फतै दर्शकमा उत्सुकता जगाइसकेको यस चलचित्रले ट्रेलरमार्फत अझ व्यापक चर्चा पाएको छ। ट्रेलरको सुरुवात भावनात्मक दृश्यबाट हुन्छ—अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत भई छोरासँग देश र अस्मिता जोगाउने वचन माग्छिन्। "देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने…