काठमाडौँ - चलचित्र "लालीबजार"को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ अहिले दर्शकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मको मन जित्न सफल भएको छ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको यो गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा लाखौं भ्युज बटुल्दै ट्रेन्डिङमा उक्लिएको छ। गीतको लोकप्रियतासँगै टिकटक र फेसबुक रील्समा यसको क्रेज झन् बढ्दो छ। विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का…