‘३६को आँकडा’को फस्टलुक सार्वजनिक : रेखाको हत्कडीमा पूजा, पर्दामा दुई नायिकाबीचको टक्कर

अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। प्रहरी अधिकृतको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य समेटिएको छ। रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको भाव झल्किँदा पूजाको अनुहारमा अझै प्रतिरोध जारी रहेको…