रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए । तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ–आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान गरेको थियो…